चैत्र १३ २०८१, बुधवार

दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई पराजित गर्यो

भुटानले आठ वर्षपछि बङ्गलादेशलाई पराजित गरेको हो ।
Ads

 

 हिजो भएको दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भुटानले बङ्गलादेशलाई १–० ले पराजित गरेको हो । यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा भने भुटानलाई बङ्गलादेशले १–० ले नै पराजित गरेको थियो।

Ads

सेप्टेम्बर २०१६ मा भएको एएफसी एशियन कप छनोटमा भुटानले बङ्गलादेशलाई ३–१ ले पराजित गरेको थियो । त्यो नै बङ्गलादेशविरुद्ध भुटानले हात पारेको पहिलो जित थियो । त्यसयता भुटान र बङ्गलादेशबीच पाँच खेल भएका थिए । ती सबै खेलमा बङ्गलादेशले जित हासिल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार