माघ २६ २०८१, शनिबार

टेबलटेनिसका स्यान्टु भन्छन्- ओलम्पिक सोचेभन्दा फरक हुँदो रहेछ

पेरिस ओलम्पिक– २०२४ को टेबलटेनिसमा नेपालका स्यान्टु श्रेष्ठ शनिबार पराजित भएका छन्। साउथ पेरिस एरिना ४ मा भएको प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा सेनेगलका इब्राहिम डिउले श्यान्टुलाई ४–० को सोझो सेटमा पराजित गरे।
Ads

‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले स्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए।

इब्राहिमलाई जित निकाल्न २४ मिनेट लागेको थियो।

Ads

पहिलो सेटको नतिजा ८ मिनेटमा आफ्नो पक्षमा पारेका इब्राहिमले दोस्रो र तेस्रो जित्न समान ५–५ मिनेट लगाएका थिए।

चौथो सेट इब्राहिमले ६ मिनेटको अवधिमा जिते।

Ads

पहिलो सेटमा स्यान्टु ७–३ ले अगाडि रहेको अवस्थालाई उल्ट्याउदै इब्राहिमले जित हात पारेका थिए।

बाँकी सेटको नतिजा भने इब्राहिमले सहजै आफ्नो पक्षमा पारे। हारसंगै स्यान्टु प्रतियोगिताबाट बाहिरिएका छन् भने इब्राहिम राउन्ड अफ ६४ मा प्रवेश गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार