माघ २६ २०८१, शनिबार

आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपको एशिया छनोट यूएईमा हुने

अर्को वर्ष हुने आईसीसी  १९ वर्ष मुनिको  महिला टी २० विश्वकपको एशिया छनोट यूएईमा हुने भएको छ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ ।
Ads

 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो सार्वजनिक गरेको विश्वकप एशिया छनोटको खेल तालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसँग, २२ गते कुवेतसँग, २४ गते घरेलु टोली यूएईसँग, २५ गते थाइल्यान्डसँग, २७ गते कुवेतसँग र अन्तिम खेलमा कार्तिक २८ गते  यूएईसँग खेल्ने छ ।

Ads

४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार