१९ वर्ष मुनिको महिला टी ट्वान्टी एशिया कप हुने
एशियामा उदीयमान महिला क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले महिला टी ट्वान्टी एशिया कप गर्ने निर्णय गरेको एसीसीले जनाएको छ ।
आफ्नो इतिहासमा पहिलो पटक एसीसीले युवा महिला क्रिकेटरहरूको लागि यो प्रतियोगिता अघि सारेको छ । जसले लैङ्गिक समानतालाई बढवा दिन सहयोग गर्ने एसीसीको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया