आईसीसी विश्वकप लिग दुई अन्तर्गत अमेरिकामा खेल्ने त्रिदेशीय श्रृङ्खलाको खेलतालिका सार्वजनिक
नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ । श्रृङ्खलाको सबै खेल अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन प्रेरि भ्यूमा हुनेछ । सबै खेल नेपाली समयअनुसार राति सवा १० बजे शुरु हुनेछ ।
लिग दुईको एक दिवसीय श्रृङ्खलापछि तीनै टोलीबीच टी ट्वान्टी श्रृङ्खला पनि हुनेछ । क्यानडा र ओमानसँगको त्रिदेशीय एकदिवसीय श्रृङ्खलाका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडामा छ । यो श्रृङ्खला भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ ।
प्रतिक्रिया