चैत्र १३ २०८१, बुधवार

क्रिकेटका रोहित र करातेकी एरिका एनएसजेएफ स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड–२०८० को वर्ष उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । एनएसजेएफले हिजो गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी भएका हुन् ।
Ads

 

१९औँ एशियाली खेलकुद (एशियाड) मा रजत पदक विजेता एरिकाले फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशीलाई पछि पारिन् ।

Ads

त्यस्तै पुरुष क्रिकेट टोलीका कप्तान रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारेका हुन् । त्यस्तै भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् । 

एनएसजेएफ पारा एथलिट अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन् । पलेशा चौथो पारा एसियन गेम्समा नेपालका लागि पहिलोपल्ट कांस्य पदक दिलाउन सफल खेलाडी हुन् । 

Ads

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्ड–२०८० अन्तर्गत ‘टिम अफ दी ईयर’को अवार्ड राष्ट्रिय महिला कबड्डी टोलीले जितेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार