चैत्र १३ २०८१, बुधवार

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत क्यानडासँगको खेलमा नेपाल पराजित

क्यानडाको किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाल एक सय तीन रनले पराजित भएको हो ।
Ads

 

क्यानडाले दिएको दुई सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर एक बलमा एक सय ५० रनमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २२ रन बनाए । क्यानडाका डेलिन हेलिगरले ५ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ५३ रन बनाएको थियो ।

Ads

क्यानडाका लागि कप्तान निकोलस किर्तनले अविजित ७३ रन बनाए । नेपालका ललित राजवंशी र सोमपाल कामीले समान २ विकेट लिए । एकदिवसीय खेलमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भयो ।

यसअघि क्यानडासँग भएको तीनवटा खेलमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । जितसँगै क्यानडा नाै  खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित नेपाल पाँच खेलमा एक जित र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

Ads

नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ । विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ । नेपालले दोस्रो खेलमा भोलि ओमानसँग, तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार