नेपाल पुलिस क्लबले वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जित्यो
पुलिसले हुमोलाई २५–१६, २५–२२ र २५–२३ ले पराजित गर्दै उपाधि जितेको हो । यसअघि पुलिसले समूह चरणमा लगातार पाँच खेल जितेको थियो ।
पुलिस क्लबले नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको हो । प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलङ्का, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता थियो ।
प्रतिक्रिया