इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, चेल्सी र एस्टनभिल्ला विजयी
जीतसँगै लिभरपुल अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ । लिभरपुलको पाँच खेलमा १२ अङ्क छ । एस्टनभिल्लाले उल्भ्सलाई ३–१ गोलले हरायो । समान पाँच खेलमा १२ अङ्क नै रहेको एस्टन भिल्ला तेस्रो तथा एक खेल कम खेलेको साविक विजेता म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।
त्यस्तै हिजो भएको अर्को खेलमा चेल्सीले वेस्ट ह्यामलाई हराउँदा निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । जीतसँगै चेल्सीको पाँच खेलमा १० अङ्क भएको छ । चेल्सी चौथो स्थानमा छ ।
अरू खेलमा फुलहमले न्यूक्यासललाई र टोटनहमले ब्रेन्टफोर्डलाई समान ३–१ गोलले नै हरायो । लेस्टरसिटी र एभर्टनले एक÷एक गोलको र म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया