माघ २६ २०८१, शनिबार

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित

क्यानडाको किङ सिटीमा आज बिहान सकिएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।
Ads

 

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गर्‍याे । क्यानडाका लागि नाभिनित धालिवाले सर्वाधिक ८७ रन बनाए ।

Ads

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर १ बलमा अल आउट हुँदै १ सय ८१ रन बनाएको थियो । सन्दीप लामिछानेले सर्वाधिक ४९ रन बनाए । क्यानडाका लागि कलिम सानाले ३  विकेट लिए ।

यसअघिका खेलमा नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो । त्रिदेशीय श्रृङ्खलामा अब नेपालले अन्तिम खेल भोलि ओमानसँग खेल्नेछ । ८ टोलीको सहभागिता रहेको लिग–२ मा यो जितपछि क्यानडा १४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

Ads

नेदरल्यान्ड्स १२ अङ्कका साथ दोस्रो स्थानमा छ । २ अङकका साथ नेपाल अङ्कतालिकाको पुछारबाट दोस्रोमा छ । छैटौँ स्थानमा रहेको ओमानको ५ अङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार