इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिङघम फरेस्टले बराबरी खेले
म्यानचेस्टर सिटीका दागि इर्लिङ हाल्याण्डले खेलको ९ मिनेटमा र जोन स्टोन्स्ले निर्धारित ९० मिनेटको खेलपछि थपिएको अतिरिक्त समयमा गोल गरे । यस्तै आर्सनलका रिचार्डो क्यालाफियोरीले खेलको २२ औँ मिनेटमा र गाव्रियल मगलेसले दोस्रो हाफको पहिलो मिनेटमै गोल गरेका हुन् ।
आर्सनलका लिन्ड्रो ट्रोसार्डले दोस्रो हाफको ८ औँ मिनेटमा रातो कार्ड पाएर खेलबाट बाहिरिएका थिए । साविक विजेता सीटी १३ अङ्कका साथ शीर्ष स्थानमा छ । आर्सनल ११ अङ्कसहित चौथो स्थानमा छ । यसअघि गएराति भएको पहिलो खेलमा ब्राइटन र नटिङघम फरेस्टले पनि बराबरी खेलेका थिए ।
ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडियममा भएको खेलमा ब्राइटन र नटिङघम फरेस्टले २–२ गोलको बराबरी खेलेका हुन् । ब्राइटनका लागि ज्याक हिन्शेलउड र ड्यान्नि वेलबेकले गोल गरे । नटिङघम फरेस्टका क्रिस उड र रामोन सोसाले गोल गरे । नटिङघम फरेस्टका मोर्गन गीब्स ह्वाइटले रातो कार्ड पाए ।
प्रतिक्रिया