चैत्र १३ २०८१, बुधवार

गौरादहमा दशैं अवसरको फुटबल प्रतियोगिता: कार्तिक ४ देखि सुरु हुने

Ads


गौरादह, झापा। बडा दशैंको अवसरमा गौरादह नगरपालिकामा अन्तर वडास्तरीय रनिङ शिल्ड पुरुष फुटबल प्रतियोगिता तथा झापा गोल्डकप खेलाडी छनोट प्रतियोगिता आयोजना हुने भएको छ। गौरादह नगर खेलकुद परिषदको आयोजनामा कार्तिक ४ देखि ७ गतेसम्म श्री जनता मा.वि., गौरादहको खेल मैदानमा खेलहरू हुनेछ।

यसअघि प्रतियोगिता दशैं अगावै आयोजना गर्ने योजना थियो। तर, निरन्तरको भारी वर्षाका कारण प्रतियोगिता स्थगित गर्नुपरेको थियो। हाल भने नयाँ तालिका अनुसार प्रतियोगिता कार्तिक ४ मा सुरु हुनेछ।

Ads

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टोलीलाई नगद ३१,००० रुपैयाँ (कर बाहेक), मडल, ट्रफी, र रनिङ शिल्ड प्रदान गरिनेछ भने द्वितीय स्थान प्राप्त गर्ने टोलीलाई नगद २१,००० रुपैयाँ (कर बाहेक) पुरस्कार प्रदान गरिनेछ। साथै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई "म्यान अफ द म्याच"को उपाधि र विशेष पुरस्कार प्रदान गरिनेछ।

गौरादह नगर खेलकुद परिषदका अध्यक्ष दुर्गामणी बस्नेतको अध्यक्षतामा जनता मा.वि. परिसरमा बसेको बैठकले प्रतियोगिताको नयाँ मिति तय गरेको हो। लक्की ड्रमार्फत खेल तालिका समेत सार्वजनिक गरिएको छ।

Ads

फुटबल संघ गौरादहका संयोजक विनोद अधिकारीका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य झापा गोल्डकपका लागि उत्कृष्ट खेलाडीहरूको छनोट गर्नु हो। सहभागी वडाहरूलाई भोलि बिहान ११ बजेभित्र आफ्नो टोली दर्ता गराउन आग्रह गरिएको छ।

प्रतियोगिता विवरण:

प्रथम पुरस्कार: नगद ३१,००० रुपैयाँ (कर बाहेक), मडल, ट्रफी, रनिङ शिल्ड

द्वितीय पुरस्कार: नगद २१,००० रुपैयाँ (कर बाहेक)

कुल पुरस्कार राशि: ७०,००० रुपैयाँ

सेमीफाइनल मिति: कार्तिक ६ गते

फाइनल मिति: कार्तिक ७ गते

स्थान: जनता रंगशाला, गौरादह १


झापा गोल्डकप मंसिरको दोश्रो हप्ता हुने अपेक्षा गरिएको छ। यस प्रतियोगिताले झापा गोल्डकपका लागि उत्कृष्ट खेलाडीहरू छनोट गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार