माघ २६ २०८१, शनिबार

खेल संयोजकलाई मात्रीशोक परेपछि गौरादहको फुटबल खेल स्थगित

Ads

 

 

Ads

गौरादह नगर खेलकुद परिषद्ले आयोजना गरेको वडा स्तरीय फुटबल  प्रतियोगिता स्थगित भएको छ  । नगर खेलकुद परिषद्  सदस्य तथा फुटबल नगर संयोजक बिनोद अधिकारीको  आमाको  निधन भएपछि  कार्तिक ४ देखि हुने भनिएको फुटबल  खेल स्थगित गरिएको जनाइएको हो ।  आजबाट सुरु हुने भनिएको खेल कार्तिक २३ गतेलाई सारिएको छ । 

खेलको मिति सरेको यो दोस्रो पटक हो । यस अघि दशैं अगाडी नै सम्पन्न हुने गरी  तालिका सार्वजनिक गरिएको थियो । अविरल झरीका कारण स्थगन गरिएको खेल पुन: स्थगित भएपछि खेलप्रेमीहरु भने चिन्तित छन् ।  

Ads

झापा गोल्डकप  खेलाडी छनौट समेत गर्नेगरी तयारी गरिएको खेलको मिति ३ हप्ता पछाडी सरेपछि झापा गोल्डकपको लागि अभ्यास खेलहरु खेल्न समय नपुग्ने भन्दै खेलाडी र खेलप्रेमीहरुले तोकिएकै समयमा आजैबाट खेल सञ्चालन गर्न आग्रह गरेका छन् । झापा गोल्डकप मंसिरको दोश्रो हप्ताबाट सञ्चालन हुने बताइन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार