माघ ०४ २०८१, शुक्रबार

कक्षा १२ मौका परीक्षा: अङ्ग्रेजी विषयमा सर्वाधिक अनुत्तीर्ण, पुनर्योगका लागि १५ दिनको समय

Ads

 

कात्तिक ५, २०८१, सोमबार | काठमाडौं

Ads

तस्बिर: सामाजिक सञ्जाल 

कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै विद्यार्थी अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएका छन्। हिजो सार्वजनिक भएको नतिजाअनुसार ५७,६९० विद्यार्थीले अङ्ग्रेजी विषयको परीक्षा दिएका थिए, जसमा १७,९४२ विद्यार्थी अनुत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

Ads

लेखा विषयमा २४,००० जनाले परीक्षा दिएकोमा ८,३१५ जना अनुत्तीर्ण भएका छन्। यस्तै, मौका परीक्षामा सहभागी भएका ३७,०१७ विद्यार्थीले नतिजा सुधार गर्न नसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

यस पटक १,२२,१७१ जना विद्यार्थीले मौका परीक्षा दिएका थिए, जसमा ७०.६० प्रतिशत अर्थात् ८६,२४६ जना उत्तीर्ण भएका छन्। 'ए प्लस' ल्याउने ६१ जना रहेका छन् भने 'ए' ल्याउने ७५१, 'बी प्लस' ल्याउने २,९८६, 'बी' ल्याउने ११,०४९, 'सी प्लस' ल्याउने २३,६८८, 'सी' ल्याउने ४३,७०४ र 'डी' ल्याउने ३९,९३२ जना विद्यार्थी रहेका छन्।

मौका परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले यसै शैक्षिक सत्रमा स्नातक तहमा भर्ना हुन पाउनेछन्। अनुत्तीर्ण भएका विद्यार्थीले भने आगामी नियमित परीक्षामा सहभागी हुनुपर्नेछ। परीक्षा नतिजामा असन्तुष्ट परीक्षार्थीहरूले १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार