साफ महिला च्याम्पियनशिप फुटबल: उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै
नेपाल र बङ्गलादेशबीच आज साँझ साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि भिडन्त हुने भएको छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका ६:३० बजे शुरू हुनेछ। नेपालले पहिलोपटक उपाधि जित्ने उद्देश्यले मैदान उत्रिँदैछ, जबकि बङ्गलादेश आफ्नो दोस्रो उपाधि हात पार्न चाहन्छ।
सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो, भने बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो अन्तरले हराएको थियो। नेपालले समूह चरणमा भुटानसँग गोलरहित बराबरी खेलेको भए पनि माल्दिभ्सलाई ११–० र श्रीलङ्कालाई ६–० को जित दर्ता गरेको थियो।
नेपालले यसअघि ५ पटक फाइनलमा स्थान बनाएर पनि उपविजेतामा सीमित रहँदै आएको छ। यसपटक भने उपाधि जितेर इतिहास रच्ने उद्देश्यका साथ नेपाली टोली मैदानमा उत्रनेछ।
प्रतिक्रिया