माघ २६ २०८१, शनिबार

युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लेभरकुसेनलाई हरायो

युरोपेली च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लेभरकुसेनलाई हराएको छ ।
Ads

 

गएराति भएको खेलमा लिभरपुलले लेभरकुसेनलाई ४–० गोलले हराएको हो । अर्को खेलमा पीएसभी आयनहोभनले गिरोनालाई पनि ४–० ले नै हराएको छ । यस्तै सेल्टिक एफसीले आरबी लाइपजिगलाई ३–१ ले हराएको छ ।

Ads

गएराति भएका अरु खेलमा डिनामो जग्रेबले स्लोभान ब्राटिस्लालाई हराउँदा बोरुसिया डर्टमन्डले एसके स्टर्म ग्राजलाई हराएको छ । यस्तै रियल मड्रिड एसी मिलानसँग पराजित हुँदा लिले ओलम्पिक स्पोर्टिङ क्लब र  युभेन्ट्सले बराबरी खेलेका छन् ।

गएरातिको अर्को खेलमा स्पोर्टिङ सीपीले  म्यानचेस्टर सिटीलाई हराएको भने  एएस मोनाकोले  बोलोग्ना एफसीलाई  पराजित गरेको छ । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार