माघ २६ २०८१, शनिबार

इङ्ग्ल्याण्डका क्रिकेटर सन एस्किनाजीलेए एनपीएलमा काठमाण्डौ गुर्खाजबाट खेल्ने भए

इङ्ग्ल्याण्डका क्रिकेटर सन एस्किनाजीले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गुर्खाजबाट खेल्ने भएका छन् ।
Ads

 


काठमाण्डौले तेस्रो विदेशी खेलाडीको रुपमा विकेटकिपर ब्याटर एस्किनाजीलाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।

Ads

काठमाण्डौले पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्यान्ड्सका विस्फोटक ब्याटर माइकल लेभिट र दोस्रो विदेशी खेलाडीको रुपमा नामिबिया क्रिकेट टिमका कप्तान जेहार्ड एरास्मसलाई अनुबन्ध गरेको थियो । एस्किनाजीले १ सय १० टी ट्वान्टी खेलमा ३ हजार १ सय ५ रन बनाएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी मार्की खेलाडी रहेको काठमाण्डौमा वसन्त शाही ठकुरी मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आउने मङसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार