भारतले पहिलो टी–ट्वान्टीमा घरेलु टोली दक्षिण अफ्रिकालाई ६१ रनले पराजित गर्यो
दक्षिण अफ्रिकाका हेनरिक केल्सेनले सबैभन्दा धेरै २५ रन बनाए । भारतका वरुण चक्रवर्ती र रवि बिश्नोईले समान ३–३ विकेट लिए । त्यसअघि दक्षिण अफ्रिकाको डर्बनमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय २ रन बनाएको थियो । भारतका लागि ओपनर सन्जु साम्सनले एक सय ७ रन बनाए ।
४ खेलको टी ट्वान्टी शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । दुई देशबीचको दोस्रो टी ट्वान्टी खेल भोलि हुनेछ ।
प्रतिक्रिया