माघ २६ २०८१, शनिबार

इङ्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा

इङ्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टनभिल्लालाई २–० गोलले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको छ । ११ खेलमा २८ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमै रहँदा ११ वटै खेलमा १८ अङ्क जोडेको एस्टनभिल्ला आठौं स्थानमा झरेको छ ।
Ads

 

 

Ads

गएराती नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीलाई ब्राइटनले २–१ गोलले पराजित गर्‍याे । हारपछि पनि सिटी ११ खेलमा २३ अङ्कका साथ दोस्रो स्थानमै छ । ११ खेलमा १९ अङ्क बनाएको ब्राइटन चौथो स्थानमा छ ।

यस्तै उल्भ्सले साउथह्याम्पटनलाई र फूलहमले क्रिस्टल प्यालेसलाई समान २–० गोलले पराजित गरे । बेन्टफोर्डले बर्नमाउथलाई ३–२ गोलले पराजित गर्दा वेस्टह्याम र एभर्टनले गोल रहित बराबरी खेले ।  

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार