श्रावण २९ २०८३, शुक्रबार

१९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दै

युएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दैछ । नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुने छ ।

 

 

गएको बुधवार शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो ।  बिहीवार कुवेतलाई एक सय आठ रनले हराएको नेपाल हिजो युएईसँग १३ रनले पराजित भयो ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार