वेस्ट इन्डिजसँगको दोस्रो टी – २० इंग्ल्याण्डले जित्यो
व्रिजटाउनमा वेस्ट इन्डिजले दिएको १ सय ५९ रनको लक्ष्य इंग्ल्याण्डले ३१ बल बाँकी छँदै तीन विकेट गुमाएर भेटायो ।
उसका जोस बटलरले सर्वाधिक ८३ रन बनाए । वेस्ट इन्डिजका रोमियो शर्फडले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि रोभमन पावेलले सर्वाधिक ४३ रन बनाए ।
इंग्ल्याण्डका लायम लिभिङस्टोन, डान माउस्ली र जोफ्रा आर्चरले २/२ विकेट लिए । यो जीतसँगै पाँच खेलको शृङ्खलामा इंग्ल्याण्डले २–० को अग्रता बनाएको छ ।
प्रतिक्रिया