माघ ०४ २०८१, शुक्रबार

गौरादहमा मासिक धर्म स्वास्थ्य र स्वच्छता सम्बन्धी सचेतना कार्यशाला सम्पन्न

Ads


गौरादह, झापा – सोमबार साँझ झापाको गौरादह–३, धोविनिया स्थित दशमी पार्टी प्यालेसमा मासिक धर्म स्वास्थ्य र स्वच्छता सम्बन्धी एकदिवसीय सचेतना कार्यशाला सम्पन्न भएको छ। प्यारी एजुकेसन संस्थाको संयोजनमा लायन्स क्लब अफ गौरादह, लियो क्लब अफ गौरादह, र दशमी पार्टी प्यालेसको सहकार्यमा आयोजित यो कार्यक्रममा स्थानीय महिलाहरूसँगै पुरुषहरूको पनि उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रममा डाक्टर स्वेता भण्डारी र सुमिरन कोइरालाले मासिक धर्मसँग सम्बन्धित स्वास्थ्य समस्या, स्वच्छता, र व्यवस्थापनका उपायहरूबारे फरक प्रस्तुतिका साथ सहभागीहरूलाई जानकारी प्रदान गरे। सहभागीहरूले डाक्टर भण्डारी र कोइरालाको प्रस्तुति अत्यन्तै शिक्षामूलक र अनुभवमूलक रहेको बताएका छन्। यस कार्यशालामा सहभागी महिलाहरूले यो कार्यक्रमलाई उपयोगी र प्रेरणादायी मानेका छन् भने पुरुषहरूको उपस्थिति पनि महत्वपूर्ण मानिएको छ, जसले समाजमा मासिक धर्म जस्ता संवेदनशील विषयमा खुला संवादको आवश्यकता र लैङ्गिक समानताको संकेत गरेको छ।

Ads


कार्यक्रममा सहभागीहरूले नाटक र अनुभव आदानप्रदान मार्फत मासिक धर्मलाई स्वाभाविक रूपमा बुझ्न र खुला रुपमा छलफल गर्न पाएको बताएका छन्। सचेतना कार्यशालामा सहभागीहरूको उत्साहजनक उपस्थिति र सकारात्मक सहभागिताले मासिक धर्म सम्बन्धी ट्याबूलाई हटाउन र समाजमा यस विषयलाई सामान्य बनाउने लक्ष्यमा कार्यक्रम सफल देखिएको छ।
सहभागीहरूले यस्ता सचेतना कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेकोमा जोड दिएका छन्। विशेष गरी ग्रामीण क्षेत्रमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै लैङ्गिक समानता र महिला स्वास्थ्य सुधारका लागि समुदायमा जागरुकता फैलाउनुपर्ने सुझाइएको छ। स्थानीय स्वास्थ्य निकाय र शिक्षालयहरूले नियमितरूपमा यस्ता कार्यक्रमको आयोजना र विद्यालयमा स्वास्थ्य शिक्षाका विषयमा समावेश गरे किशोरी अवस्थादेखि नै महिलाहरूमा आत्मविश्वास र स्वास्थ्य सचेतना बढ्ने विश्वास गरिएको छ।

गौरादहमा आयोजित यो कार्यशालाले महिला स्वास्थ्य र मासिक धर्म सम्बन्धी विभिन्न भ्रान्तिहरू हटाउन तथा सचेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। सहभागीहरूको सुझावलाई मध्यनजर गर्दै वडाध्यक्ष दिलिप भण्डारीले भने, 'यस्ता कार्यक्रमलाई निरन्तरता दिन सकिएको खण्डमा महिला स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पर्न सक्छ । तपाईंहरुको अमुल्य सुझावलाई हामी उच्च सम्मान गर्दछौं ।  वडाको समन्वयमा यसप्रकारका कार्यक्रम निरन्तर रूपमा सन्चालन हुनेछन् ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार