काभाबीच भलिबल च्याम्पियनसिप खेलेर राष्ट्रिय टोली स्वदेश फिर्ता
काभा बिच भलिबल च्याम्पियनसीप विजेता नेपाली महिला टोली र रजत पदक विजेता पुरुष टोली आज स्वदेश फर्किएका छन् ।
खेलाडीसहित पाँच सदस्यीय टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द लगायतका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
भुटानको थिम्पुमा हिजो भएको च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई २–० को सोझो सेटमा हराउँदै महिलातर्फ कमला पुन र मनिषा चौधरीको जोडी च्याम्पियन बनेको थियो ।
नेपालले २१ –१७ र २१–१४ को ऐतिहासिक जित निकाल्दै स्वर्ण पदक जितेको हो । नेपाली महिला जोडीले पहिलोपटक काभाको बिच भलिबलमा उपाधि जितेको हो ।
यस्तै, पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी फाइनलमा माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भएको थियो ।
प्रतिक्रिया