श्रावण २९ २०८३, शुक्रबार

नेपाली टोलीले एशिया कपअघि भारतको कर्नाटकको टोलीसँग आजदेखि पाँच खेलको शृङ्खला खेल्दै

एसीसी १९ वर्षमुनिको नेपाली टोलीले एशिया कपअघि भारतको कर्नाटकको १९ वर्षमुनि टोलीसँग आजदेखि पाँच खेलको शृङ्खला खेल्दैछ ।

 

 

नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप मूलपानी क्रिकेट मैदानमा ५० ओभरको अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

नेपाली र कर्नाटक युवा टोलीबीचको पहिलो खेल आज हुँदैछ भने दोस्रो खेल पर्सि शुक्रवार,तेस्रो खेल मङ्सिर २ गते, चौथो खेल मङ्सिर ४ गते र पाँचौँ तथा अन्तिम खेल मङ्सिर ६ गते हुनेछ ।

यो अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ । युवा टोलीको कप्तानमा हेमन्त धामी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार