चैत्र १३ २०८१, बुधवार

१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दै

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।
Ads

 

 

Ads

यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ । यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनले हराएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो ।

Ads

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार