अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई हरायो
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको छ । यो खेल ताजिकिस्तानको दुशान्बेमा भएको हो।
यस खेलमा नेपालका फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे ।
नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग पराजित भएको थियो । त्यसपछि नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न पाएन। यसपटक भने नेपालले खेल्न पाएको थियो ।
नेपाली टोलीले सन् २०२५ को मार्चमा एशियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।
प्रतिक्रिया