काठमाण्डौ गुर्खाजमा इन्दु बर्मा र विराटनगर किंग्समा दयाहाङ राई एम्बासडर नियुक्त
सन् २०१३ मा कुवेतमा भएको एसीसी ट्वान्टी–२० बाट नेपाली राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी इन्दुले ५६ टी–२० अन्तर्राष्ट्रियमा एक अर्धशतकका साथ ६ सय ५९ रन बनाउनुका साथै २९ विकेट लिएकी छन् । सन् २०२३ को नोभेम्बर ९ देखि इन्दु नेपाली महिला टोलीकी कप्तान छिन् ।
यस्तै विराटनगर किंग्सले अभिनेता दयाहाङ राईलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आफ्नो ब्राण्ड एम्बासडर घोषणा गरेको छ । हिजो काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा विराटनगरले राईलाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।
ब्राण्ड एम्बासडरको रूपमा विराटनगर किङ्ग्समा आबद्ध भई राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाएका हुन् । नेपाल प्रिमियर लिग (एनपीएल) यही मङ्सिर १५ गतेदेखि पुष ६ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया