चैत्र १३ २०८१, बुधवार

एनपीएलको फ्रेन्चाइज टोली चितवन राइनोजले जर्सी र एन्थम सार्वजनिक गर्यो

एनपीएलको फ्रेन्चाइज टोली चितवन राइनोजले जर्सी र एन्थम सार्वजनिक गर्यो
Ads

 

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले पनि जर्सी र एन्थम सार्वजनिक गरेको छ ।

Ads

सोमबार साँझ आयोजित एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने, चितवन राइनोज क्लबका अध्यक्ष आयुष न्यौपाने, टिम प्रशिक्षक उमेश पटयाल, मार्की खेलाडी कुशल मल्लसहितका खेलाडीहरूले जर्सीसहित मस्कट र टिम एन्थम सार्वजनिक गरेका हुन् ।

मेयर दाहालले एनपीएलमा चितवन राइनोजको सशक्त उपस्थिति रहनेमा आफू विश्वस्त रहेको बताइन् । यस्तै चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले स्थानीय र क्षेत्रीय तहको क्रिकेटलाई उकास्न एनपीएलले राम्रो वातावरण बनाउने बताए ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार