चैत्र १३ २०८१, बुधवार

किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका नेपाली सम्मानित

किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमचितुवा’ सम्मानित भएका छन् ।
Ads

 

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी घिमिरेलाई हिजो गृहनगर चन्द्रागिरि नगरपालिकाले अभिनन्दन गरेको हो । नगरपालिकाले धिमे, पञ्चेबाजासहित विश्वविजेता खेलाडी घिमिरेलाई गाडीमा राखेर नगर परिक्रमा पनि  गराएको थियो । जापानको नागोया शहरमा बस्दै आएका बक्सर घिमिरे हिजो स्वदेश आएका हुन् ।

Ads

उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, मदनभण्डारी स्पोर्ट एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, बाग्मती प्रदेशसभा सदस्य रमा आले, चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्ण प्रसाद खड्गी, काठमाण्डौ जिल्ला खेलकुद परिषद्का अध्यक्ष भाइकृष्ण बलामी लगायतले स्वागत गर्नुभएको थियो ।

‘हिमचितुवा’ घिमिरेले इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनले नागोया कंग्रेस सेन्टरमा गएको कात्तिक १० गते आयोजित इन्टरनेशनल किक बक्सिङ (इस्का) प्रतियोगिताको उपाधि चुमेर विश्वविजेता बनेका थिए । घिमिरे यो प्रतियोगितामा भाग लिने पहिलो नेपाली बक्सर हुन् । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार