जेष्ठ १२ २०८३, मंगलबार

सीटीईभीटीको उपाध्यक्षमा प्राध्यापक बराल नियुक्त

Ads

 

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्षमा ओमप्रसाद बराललाई नियुक्त गरिएको छ।

Ads

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बराललाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बराल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् र कास्कीस्थित पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्दै आएका थिए। उनी त्रिविको अनुगमन निर्देशनालयमा पनि निर्देशकको रूपमा काम गरिसकेका छन्।

सीटीईभीटी उपाध्यक्षको कार्यकाल चार वर्षको हुन्छ। तत्कालीन उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको कार्यकाल असार १ गते सकिएपछि नयाँ नियुक्तिका लागि शिक्षा मन्त्रालयले कार्यविधि बनाएर दरखास्त खुलाएको थियो।

Ads

दरखास्तमा प्राप्त व्यक्तिगत विवरण, योजना, र सोचपत्रको मूल्याङ्कनपछि राष्ट्रिय योजना आयोगका सदस्य संयोजकत्वको सिफारिस समितिले बराललाई उपयुक्त ठहर गरी नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार