पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जनाउने
नेपाल कबड्डी लिगको लोगो र ट्रफीसमेत सार्वजनिक गरिएको छ । माघमा हुने लिगको यकिन मिति भने घोषणा भएको छैन । लिगका लागि सातवटा प्रदेशबाट एक सय दश जना खेलाडी छनोट भएका छन् ।
यी खेलाडी ६ फ्रेन्चाइज टिमका लागि उपलब्ध हुनेछन् । विदेशी खेलाडीको पनि सहभागिता रहने तर अहिलेसम्म यसको टुङगो नलागेको आयोजक अस्ट्रियोनिक्स म्यानेजमेन्ट प्रालिले जानकारी दिएको छ ।
प्रतिक्रिया