एशियन क्रिकेट काउन्सिलको आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कपको लागि नेपाली टोली घोषणा
क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहेका छन् ।
टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् । यसअघि घोषित १८ सदस्यीय टोलीबाट विकेटकिपर दिलसाद अलीसँगै तीव्र गतिका बलरद्वय राजेश यादव र दयानन्द मण्डल टोलीमा परेका छैनन् ।
मंसिर १४ देखि २३ गतेसम्म हुने एशिया कपमा नेपालको पहिलो खेल मंसिर १४ गते श्रीलङ्कासँंग रहेको छ । दोस्रो खेल १६ गते बङ्गलादेश र अन्तिम खेल १८ गते अफगानिस्तानसँग हुनेछ । एसीसीको आयोजनामा हुने प्रतियोगितामा एशियाका आठ देशले सहभागीता जनाउँदै छन् ।
प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । फाइनल मंसिर २३ गते हुनेछ ।
प्रतिक्रिया