चैत्र १३ २०८१, बुधवार

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटन पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले पुछारको साउथह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ । साउथह्याम्पटनलाई उसकै घरेलु मैदानमा हराएसँगै लिभरपुलले लिगको अङ्क तालिकामा दूरी फराकिलो बनाएको छ ।
Ads

 

१२ खेल खेलेको लिभरपुलको ३१ अङ्क भएको छ । समान १२ खेल खेलेर दोस्रो स्थानमा रहेको म्यानचेस्टर सीटीको २३ अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको चेल्सीले १२ वटै खेलमा २२ अङ्क बनाएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेड र इपस्वीचले एक–एक गोलको बराबरी खेलेका छन् ।

Ads

१२ खेल खेलेको म्यानचेस्टर युनाईटेड चारमा जीत, चारमा बराबरी र चारमा हारसहित १६ अङ्कका साथ तालिकाको १२ औँ स्थानमा छ । १२ वटै खेलमा नौ अङ्क जोडेको इपस्वीच १८ औँ स्थानमा छ ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार