माघ २६ २०८१, शनिबार

आउँदो शनिवारदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिगका लागि टिकट मूल्य निर्धारण

आउँदो शनिवारदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि टिकट मूल्य निर्धारण भएको छ ।
Ads

 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । उद्घाटन खेलका लागि सामान्यतर्फ तीन सय र भीआईपीतर्फ सात सय रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ ।

Ads

त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ  तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ मूल्य तय गरिएको छ । एनपीएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ पाँच सय र भीआईपीतर्फ सात सय रुपैयाँको टिकट काट्नुपर्नेछ ।

त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ मूल्य तोकिएको क्यानले जनाएको छ ।  टिकट खल्ती वालेटबाट काट्न सकिने क्यानले जनाएको छ । सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ चार हजार चार सय ८० र भीआईपीतर्फ आठ हजार दुई सय ४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ  । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार