माघ ०४ २०८१, शुक्रबार

नेपाल पाकिस्तानमा चलिरहेको नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

नेपाल पाकिस्तानमा चलिरहेको नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । हिजो लिग चरणका खेल सकिएपछि नेपाल सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।
Ads

 

सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको नेपाल पहिलोपल्ट सेमिफाइनलमा पुगेको हो । लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको थियो ।

Ads

नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिएका छन् । आज हुने सेमिफाइनलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । पाकिस्तान लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार