माघ ०४ २०८१, शुक्रबार

एनपीएलको आज को खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम रोयल्सले  विराटनगर किंग्ससँग खेल्दैछ ।
Ads

 

यस्तै दोस्रो खेलमा दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दै छन् । यसअघि विराटनगर जनकपुर बोल्ट्ससँग हारेको थियो भने चितवनले काठमाण्डौ गुर्खाजलाई हराएको थियो ।

Ads

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ वटा फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स,कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार