१९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल आज खेल्न लागेको हो ।
यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल लगभग प्रतियोगिताबाट बाहिरी सकेको छ । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।
१९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतिक्रिया