असार १० २०८३, बुधवार

स्थानीयले ठप्प पारेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम मंगलबारदेखि सुरु

मुआब्जा माग्दै स्थानीयले १० दिनदेखि ठप्प पारेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम मंगलबारदेखि सुरु भएको छ । सुरुङमार्गमाथिको घर र जग्गाको मुआब्जा माग्दै चन्द्रागिरि नगरपालिका–१ र २ का स्थानीयले गत मंसिर ९ देखि काममा अवरोध गरेका थिए ।
Ads

 

करिब ६ महिनाअघि सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले परामर्श दाता खटाएर सुरुङमाथि र आसपासका घरहरूको क्षतिको विवरण संकलन गरेको थियो । जसअनुसार सुरुङमाथिका ७ सहित १८ घरको पूर्ण क्षतिपूर्ति र ७५ घरको आंशिक क्षतिपूर्ति दिन सिफारिस गरिएको थियो ।

Ads

सुरुङमार्ग निर्माणका क्रममा कृषि उपजको क्षतिपूर्ति दिनसमेत सिफारिस गरिएको थियो । त्यसअनुसार क्षतिपूर्ति दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । तर अहिलेसम्म निर्णय भएको छैन ।

०७६ कात्तिक ४ देखि निर्माण थालिएको सुरुङको प्रगति ८२ प्रतिशत छ । अहिले सुरुङभित्र लाइनिङको काम भइरहेको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार