माघ २६ २०८१, शनिबार

काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा हेल्प नेपाल र क्लब एचडीसीको विजयी शुरुवात

काभा पुरुष भलिबल क्लब च्याम्पियनशिप प्रतियोगिताअन्तर्गत हिजो भएका खेलमा हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडीसीले विजयी शुरुवात गरेका छन् ।
Ads

उद्घाटन खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा हरायो । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलको पहिलो सेट हेल्प नेपालले २५–२२ ले जित्यो । दोस्रो र तेस्रो सेट क्यालिकट हिरोजले २५–२० र २५–२२ ले जित्यो ।

त्यसपछि चौथो सेट २६–२४ ले जितेको नेपाल स्पोर्टस क्लबले अन्तिम सेट १५–१० ले जितेर प्रतियोगितामा विजयी शुरुवात गर्‍याे । यस्तै राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमै भएको दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडीसीले नेपालको गण्डकी प्रदेश भलिबल सङ्घलाई ३–२ को सेटमा परािजत गर्‍याे ।

Ads

गण्डकीले पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२३ ले जितेकोको त्यसपछिका तिनवटै सेट जित्दै माल्दिभ्सको क्लब एचडीसीले प्रतियोगितामा विजयी शुरुवात गर्‍याे 

प्रतिक्रिया

सम्बन्धित समाचार