पोखरा । विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा तेश्रो संस्करणको “टप अफ द वर्ल्ड गल्फ क्लासिक” आउँदो भदौकै १ गते आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा रहेको मुस्ताङ गल्फ कोर्समा हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी करिब ६० जना खेलाडीहरू सहभागी हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
Ads
प्रतियोगितामा भारतबाट करिब १५ जना, गैर आवासीय नेपाली संघ (एनआरएनए) बाट ९ जना, पोखराबाट ११ जना, काठमाण्डौं, धरान लगायतका क्षेत्रबाट गरी ६० जना खेलाडीहरू सहभागी हुने बताइएको छ।