इरानको १८ वर्ष मुनिको टोली काभाको पुरुष भलिबल क्लब च्याम्पियनशिपमा विजयी शुरूवात
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हिजो भएको दोस्रो खेलमा इरानको युवा टोलीले माल्दिभ्सको क्लब एचडीसीलाई ३–२ को सेटमा हराएको छ ।
यसअघि हिजो एचडीसीले नेपालको गण्डकी प्रदेश भलिबल सङ्घलाई ३–२ ले हराएको थियो । यस्तै हिजोको पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले गण्डकीलाई ३–१ ले हराएको थियो ।
काभा पुरुष च्याम्पियनशिपमा नेपालसहित चार देशका पाँच क्लब सहभागी छन् । आठ दिनसम्म चल्ने च्याम्पियनशिपमा कुल १४ खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतिक्रिया