माघ २६ २०८१, शनिबार

एनपिएल खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किए

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् ।
Ads

 

धवन हिजो बेलुका एअर इन्डियामार्फत स्वदेश फर्किएका कर्णाली याक्सले जनाएको छ । धवनले सगरमाथाको आधार शिविर अवलोकन गरेका छन् । यसअघि धवनले एनपीएलका दौरानमा पशुपतिनाथ दर्शन गरेका थिए । एनपीएलमा कर्णालीबाट चार खेल खेलेका धवनलेले एक अर्धशतकसहित १ सय ३६ रन बनाएका छन् ।

Ads

भारत फर्किएका उनले नेपालमा एनपीएल खेल्दा राम्रो अनुभव भएको बताएका छन् । धवनले चार खेलका लागि नै कर्णालीसँग अनुबन्ध गरेका थिए ।

यसैबीच एनपीएलमा आज कुनै पनि खेल छैन ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार