काभा पुरुष भलिबल क्लबमा आज पहिलो खेल इरानको जुनियर टोली र क्यालिकट हिरोजबीच
यस्तै आजै बेलुका ५ बजे हुने दोस्रो खेलमा नेपालको हेल्प नेपालले माल्दिभ्सको क्लब एचडीसीसँग खेल्नेछ । प्रतियोगितामा नेपालबाहेक भारत, इरान र माल्दिभ्सको क्लबको सहभागिता छ ।
च्याम्पियनशिपमा कुल १४ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने चार टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ । लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल यही मङ्सिर २९ गते आउने शनिवार हुनेछ ।
प्रतिक्रिया