पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जित्यो
पाकिस्तानले दिएको २ सय ७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ बल बाँकी छँदा मात्र ३ विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका रेजा हेन्ड्रिक्सले १ सय १७, रसी भान डेर डसेनले नटआउट ६६ रन बनाए । पाकिस्तानका जहन्दाद खानले २ विकेट लिए ।
यसअघि सेन्चुरनको सुपरस्पोर्ट पार्कमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ६ रन बनायो । पाकिस्तानका सइम अयुबले नटआउट ९८ रन बनाए । दक्षिण अफ्रिकाका डायान गलिम र ओटनियल बार्टम्यानले २/२ विकेट लिए ।
प्रतिक्रिया