नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौका विभिन्न ठाउँमा आज बिहान बिजुली कटौती गर्ने
नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौका विभिन्न ठाउँमा आज बिहान साढे १० बजेदेखि दिउँसो १२ बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।
प्राधिकरणका अनुसार बलम्बु सबस्टेशनको थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुनेछ ।

काम निर्धारित समयअघि नै सकिएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली आउने प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया