प्रथम लोकतान्त्रिक कप फुटबलको उपाधि दमकले उचाल्यो, गौरादह दोश्रो
गौरादह, झापा – झापा जिल्ला अन्तरपालिका स्तरीय प्रथम लोकतान्त्रिक कप नकआउट फुटबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ।
गौरादह–१ स्थित जनता माविको खेलमैदानमा आयोजित फाइनल खेलमा दमकले घरेलु टोली गौरादह नगरपालिकालाई १–० को जित निकाल्दै उपाधि हात पारेको हो।
विजेता बनेको दमक नगरपालिकाले नगद १,११,१११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
उपविजेता गौरादह नगरपालिकाले नगद ५५,५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रसहित दोस्रो स्थानमा चित्त बुझायो।
नेपाल लोकतान्त्रिक खेलकुद नगर समिति, गौरादह, झापाको आयोजनामा सम्पन्न यस प्रतियोगितामा झापा जिल्लाका ११ वटा पालिकाका फुटबल टोलीहरू सहभागी भएका थिए।
फुटबलप्रेमी दर्शकहरूको उत्साहजनक सहभागिताबीच सम्पन्न भएको यस प्रतियोगिताले झापामा खेलकुदको विकास र अन्तरपालिका सहकार्यलाई थप प्रोत्साहन गरेको आयोजक समितिले जनाएको छ।
प्रतिक्रिया