माघ २६ २०८१, शनिबार

एनएनआईपीए स्पोर्टस अर्वाड को १९ औँ संस्करण यही पुस २० गते

एनएनआईपीए स्पोर्टस अर्वाड को १९ औँ संस्करण यही पुस २० गते हुने भएको छ ।
Ads

यसपटकको अर्वाड काठमाण्डौको तारकेश्वर नगरपालिकामा हुने आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) ले जानकारी दिएको छ ।

तारकेश्वर नगरपालिकाका कृष्णहरि महर्जन र एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठबीच मनमैजु मन्दिरमा अवार्ड आयोजनाका लागि सम्झौता भएको हो ।

Ads

गएको वर्ष चीनको हाङझाउमा भएको १९ औँ एशियाली खेलकुदमा २९ खेलमा भाग लिने नेपाली खेलाडीमध्ये राष्ट्रिय खेल सङ्घको सिफारिशमा  १ जना उत्कृष्ट खेलाडीलाई नगदसहित अर्वाड प्रदान गरिने एनएनआईपीएका महासचिव शिव सुन्दर गोथेले जानकारी दिनुभयो ।

त्यस्तै उत्कृष्टहरुमध्ये एक महिला र एक पुरुष खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मान दिइनेछ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार