माघ २६ २०८१, शनिबार

गौरादह भलिबल अपडेट: आज ६ वटा खेल सम्पन्न

Ads

 

गौरादह – गौरादह नगर खेलकुद परिषद्को आयोजनामा हिजोबाट सुरु भएको  महिला र पुरुष भलिबल खेलाडी छनोट प्रतियोगितामा आज ६ वटा खेलहरु सम्पन्न भएका छन् ।  

Ads

आजका नतिजाहरू
पुरुषतर्फ:

वडा नं. १ vs वडा नं. ९: वडा नं. ९ विजयी

Ads

वडा नं. ७ vs वडा नं. २: वडा नं. ७ विजयी

वडा नं. ३ vs वडा नं. ८: वडा नं. ३ विजयी


महिलातर्फ:

वडा नं. ६ vs वडा नं. ९: वडा नं. ६ विजयी

वडा नं. ७ vs वडा नं. ८: वडा नं. ७ विजयी

वडा नं. १ vs वडा नं. ४: वडा नं. १ विजयी


आगामी पौष १३ गते सम्पन्न हुने खेलको पुरस्कार राशि
पुरुषतर्फ विजेताले रु. ३१,००० नगद पुरस्कार र उपविजेताले रु. २१,००० प्राप्त गर्नेछन्। महिलातर्फ विजेताले रु. २१,००० र उपविजेताले रु. १५,००० पुरस्कार पाउनेछन्। साथै, उत्कृष्ट खेलाडीलाई 'म्यान अफ द म्याच' उपाधि प्रदान गरिनेछ।

 गौरादह नगर खेलकुद परिषद्ले वडास्तरीय फुटबल, पुरुष क्रिकेट, र खेलाडी छनोट कार्यक्रमलगायत गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। आगामी दिनमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ।

खेलकुदले शारीरिक, मानसिक र सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमहरूलाई विशेष प्राथमिकतामा राखिएको परिषद्ले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार