चैत्र १३ २०८१, बुधवार

गौरादहमा महिला र पुरुष भलिबलको फाइनल शनिबार

Ads

गौरादह – गौरादह नगर खेलकुद परिषद्को आयोजनामा सञ्चालन भएको महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ वडा नं. ७ र वडा नं. ४ तथा महिलातर्फ वडा नं. ५ र वडा नं. ७ फाइनलमा प्रवेश गरेका छन्।

वडा नं. २ मा रहेको नगरपालिकाको खेल मैदानमा सम्पन्न सेमिफाइनल खेलहरूमा,

Ads

पुरुषतर्फ पहिलो सेमिफाइनलमा वडा नं. ४ ले वडा नं. ९ लाई पराजित गर्‍यो,

दोस्रो सेमिफाइनलमा वडा नं. ७ ले वडा नं. ३ लाई हराउँदै फाइनलमा स्थान बनायो।

Ads


महिलातर्फ,

पहिलो सेमिफाइनलमा वडा नं. ७ ले वडा नं. १ लाई हरायो,

दोस्रो सेमिफाइनलमा वडा नं. ५ ले वडा नं. ६ लाई पराजित गर्‍यो।


फाइनल खेल शनिबार दिउँसो १२ बजे नगरपालिकाको खेल मैदानमा सञ्चालन हुने कार्यक्रम रहेको आयोजक सदस्य सचिव निर्मल बाँस्तोलाले जानकारी गराएका छन्।

गौरादह नगरस्तरीय भलिबल खेलाडीहरूको छनोटका लागि प्रतियोगिता आयोजना गरिएको नगद खेलकुद परिषद गौरादहले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार