वैशाख ३१ २०८३, बिहिबार

गौरादह १ मा गोल्डेन सनराइज मावि स्काउट क्याम्प फायरिङ र दीक्षान्त समारोह (तस्बिरहरु)

Ads


झापाको गौरादह–१ मा रहेको गोल्डेन सनराइज माध्यमिक विद्यालयले माघ ३ र ४ गते दुई दिवसीय स्काउट क्याम्प फायरिङ तथा दीक्षान्त समारोहको भव्य आयोजना गर्‍यो। कार्यक्रममा गोल्डेन स्काउट ट्रुपलाई औपचारिक रूपमा दीक्षित गरिएको थियो।

Ads

विद्यालय निर्देशन गणेश कुमार श्रेष्ठ, प्रदेश सुशासन, स्रोत, र वित्तीय आयुक्त समर्पण खतिवडा, नगर सुशासन, स्रोत, र वित्तीय आयुक्त सुस्मिता भुजेल, नगर सदस्य सुभाष पाण्डे, नगर शैक्षिक आयुक्त रुद्र पौडेल, स्काउट मास्टर उत्सव सुवेदी, रोवर लिडर निगेश नायाजु, विद्यालय स्काउट मास्टर प्रदीप पौडेल र सरोज दाहाल, गौराद रेडक्रस सभापति सञ्जीव कार्की, सारथि युवा क्लब अध्यक्ष गोबिन्द कँडेल, गौरादह बहुमुखी क्याम्पस प्रमुख भीम विजय बाँस्तोला, पोखरी विश्व विद्यालय उप–प्राध्यापक दोर्ण सिग्देल, गौरादह जेसीज जनसम्पर्क अधिकारी विकास न्यौपाने, स्काउट नगर सदस्य निर्देश पोखरेल र गंगा फुयाल, नगर प्याव्सन अध्यक्ष बाबुराम तिम्सिना, जिल्ला प्याव्सनका पूर्व उपाध्यक्ष जनार्दन ढकाल, जिल्ला प्याव्सनका पूर्व सहसचिव भवानी पाठक, नमूना अंग्रेजी मावि प्रअ ध्रुव गौतम, जनता मावि प्रअ हरी अधिकारी, नमुना टोल विकास अध्यक्ष चन्द्रमणि गौतम लगायत स्थानीय संघ/ संस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका स्काउट ट्रुप, शिक्षक, अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे । 

Ads

कार्यक्रमको सभापतित्व विद्यालय संरक्षक राजकुमार कार्कीले गरेका थिए भने औपचारिक कार्यक्रमहरुको सञ्चालन शिक्षक रोहित आचार्य र नगर स्काउट सदस्य सुभाष पाण्डेले गरेका थिए । त्यस्तै क्याम्प डाइरेक्टर पवन खतिवडा रहेका थिए । 

Ads

क्याम्प फायरिङ समारोह:

क्याम्प फायरिङ कार्यक्रममा प्रमुख अतिथि नगर स्काउट प्रमुख जलवर्षा राजवंशी चौधरीले स्काउटको महत्त्वमाथि चर्चा गरिन्। उनले स्काउट संगठनलाई पवित्र, अनुशासनशील र विश्वबंधुत्व तथा मानवताको उत्कृष्ट उदाहरणको रूपमा व्याख्या गरिन्।

विशेष अतिथि वार्ड नं. १ का अध्यक्ष नगेन्द्र भण्डारीले स्काउट युवाहरूलाई नेतृत्व र सामाजिक उत्तरदायित्वका लागि सक्षम बनाउने महत्त्वपूर्ण प्लेटफर्म भएको बताए।

सहासिक खेलकुद गतिविधि

कार्यक्रममा १२ वटा सहासिक खेलहरू प्रदर्शन गरियो। प्रमुख खेलहरूमध्ये ओमेगा र सुपर्म्यान, एब्सेलिङ लगायतका गतिविधिहरूले विद्यार्थीहरूमा उत्साह र जोश थपेको थियो।

दीक्षान्त समारोहको समापन

समारोहको समापन नगर प्रमुख आयुक्त चुडामणी अधिकारीले गरे। उनले युवा पुस्ताको विकासमा स्काउट कार्यक्रमले पुर्‍याएको योगदानको प्रशंसा गरे।

कार्यक्रममा स्थानीय संघसंस्था, विभिन्न विद्यालयका स्काउट ट्रुपहरू, विद्यार्थी, अभिभावक, र अन्य स्थानीय बासिन्दाको बाक्लो उपस्थिति थियो। यसले स्काउटको भूमिका र समाजमा यसको प्रभावबारे जनचेतना वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ

विशेष योगदान

गोल्डेन सनराइज माविले यस्तो भव्य कार्यक्रम आयोजना गरेर गौरादहको शैक्षिक, सामाजिक, र सांस्कृतिक क्षेत्रलाई थप उचाइमा पुर्‍याएको छ। यसले स्काउट गतिविधिहरूलाई प्रोत्साहन गर्दै विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र सामाजिक सेवामा अगाडि बढ्न प्रेरणा प्रदान गरेको छ।

गौरादह क्षेत्रमा २०५० सालमा स्थापना भ भई महत्त्वपूर्ण शैक्षिक गन्तव्यको रूपमा रहेको गोल्डेन सनराइज मा. वि. मा करिब ६० जना विद्यार्थीहरु स्काउटमा आवद्ध छन् भने पठनपाठनका अतिरिक्त नियमित रूपमा  स्काउटका कक्षाहरु सञ्चालन हुँदै आएका स्काउट प्रशिक्षक सरोज दाहालले जानकारी गराए । 

प्रतिक्रिया

सम्बन्धित समाचार